ne_tn/rev/05/intro.md

5.2 KiB

प्रकाश ०५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ९-१३ का पदहरूसँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

मोहोर लगाइएको चर्मपत्रको मुट्ठो

यूहन्‍नाको समयका राजाहरू र महत्त्वपूर्ण मानिसहरूका महत्त्वपूर्ण कागजातहरू कागज वा जनावरका छालाका ठूला टुक्राहरूमा लेखिएका हुन्थे । त्यसपछि तिनीहरूले तिनलाई बेर्थे र ती बन्द रहून भनेर तिनलाई महिनले मोहोर लगाउँथे । त्यो कागजात जुन व्यक्तिको लागि लेखिएको हो उससँग मात्रै त्यो मोहोर तोडेर त्यसलाई खोल्‍ने अधिकार हुन्थ्यो । यस अध्यायमा, “सिंहासनमा विराजमान हुनुहुने”ले चर्मपत्रको मुट्ठोमा लेख्‍नुभएको थियो । “यहूदाको कुलको सिंह, दाऊदको जरा” भनिनुहुने व्यक्तिसँग मात्रै त्यो खोल्‍ने अधिकार थियो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/scroll]] अनि [[rc:///tw/dict/bible/kt/authority]])

चौबीस धर्म-गुरूहरू

धर्म-गुरूहरू मण्‍डलीका अगुवाहरू हुन् । चौबीस धर्म-गुरूहरू सारा युगका मण्‍डलीहरूका प्रतीकहरू हुन सक्‍छन् । पुरानो करारमा त्यहाँ बाह्र कुलहरू थिए र नयाँ करारको मण्‍डलीमा बाह्र प्रेरितहरू थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-apocalypticwriting)

ख्रीष्‍टिएन प्रार्थनाहरू

ख्रीष्‍टिएनहरूका प्रार्थनाहरूलाई धूपको रूपमा वर्णन गरिएको छ । ख्रीष्‍टिएन प्रार्थनाहरूमा परमेश्‍वरको लागि असल बास्‍ना हुन्छ । ख्रीष्‍टिएनहरूले प्रार्थना गर्दा उहाँ प्रसन्‍न बन्‍नुहुन्छ ।

परमेश्‍वरका सात आत्माहरू

यी आत्माहरू प्रकाश १:४ मा उल्‍लेख गरिएका सात आत्माहरू हुन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

“यहूदाको कुलको सिंह” र “दाऊदको जरा” भनेका अलङ्कारहरू हुन् जसले येशूलाई जनाउँछन् । येशू यहूदाको कुलबाट र दाऊदको घरानाबाट आउनुभयो । सिंहहरू भयानक किसिमका हुन्छन, र सबै जनावरहरू र मानिसहरू तिनीहरूसँग डराउँछन्, त्यसैले तिनीहरू त्यस राजाको लागि एउटा अलङ्कार हुन् जुन राजालाई सबैले आज्ञापालन गर्छन् । “दाऊदको जरा” भन्‍ने शब्दहरूले इस्राएलको राजा दाऊदको विषयमा यसरी बताउँछन् कि मानौँ उनी परमेश्‍वरले रोप्‍नुभएको कुनै बिउ हुन् र येशूको विषयमा यसरी बताउँछन् कि मानौँ उहाँ त्यस बिउबाट उम्रिनुभएको जरा हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)