ne_tn/rev/05/09.md

2.2 KiB

किनकि तपाईं मारिनुभएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि तिनीहरूले तपाईंलाई मारे” वा “किनकि मानिसहरूले तपाईंलाई मारे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मारे

यदि तपाईंको भाषामा कुनै पशुलाई बलि चढाउनलाई मार्ने कुराको लागि प्रयोग गर्ने कुनै शब्द छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् ।

तपाईंको रगतले

किनकि रगतले व्यक्तिको जीवनलाई प्रतिनिधित्व गर्छ, रगत बगाउनुले मर्नुलाई प्रतिनिधित्व गर्छ । यसको अर्थ सम्भवतः “तपाईंको मृत्युद्वारा” वा “मर्नुभएर” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले परमेश्‍वरको लागि मानिसहरू किन्‍नुभयो

“तपाईंले मानिसहरूलाई किन्‍नुभयो ताकि तिनीहरू परमेश्‍वरका हुन सकून्” वा “तपाईंले मूल्य चुकाउनुभयो ताकि मानिसहरू परमेश्‍वरका हुन सकून्”

हरेक कुल, भाषा, मानिसहरू, र जातिबाट

यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरू समावेश गरिएका छन् ।