ne_tn/rev/05/08.md

2.2 KiB

थुमा

यो एउटा कलिलो नर भेडा हो । यहाँ ख्रीष्‍टलाई जनाउन यसलाई सङ्केतात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

चौबीस धर्म-गुरूहरू

“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

लम्‍पसार परे

“तिनीहरू भुइँमा लम्‍पसार परे ।” तिनीहरूले थुमालाई आराधना गरिरहेका थिए भनेर देखाउनको लागि तिनीहरूका मुखहरू भुइँतिर फर्काइएका थिए । तिनीहरू यो जानाजान नै गरेका थिए; तिनीहरूले संयोगवश लडेका होइनन् ।

तिनीहरू हरेक

सम्भावित अर्थहरू हुन् १) “धर्म-गुरूहरू र जीवित प्राणीहरूमध्ये हरेक” वा २) “धर्म-गुरूहरूमध्ये हरेक ।”

धूपले भरिएको सुनको कचौरा, जुन सन्तहरूका प्रार्थनाहरू हो

यहाँ धूप चाहिँ विश्‍वासीहरूले परमेश्‍वरलाई गरेका प्रार्थनाहरूको लागि एउटा प्रतीक हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)