ne_tn/rev/03/18.md

2.2 KiB

मबाट आगोले खारिएको सुन किन ताकि तिमी धनी हुन सक, र उज्‍जवल सेता वस्‍त्रहरू किन ताकि ताकि तिमीले आफैँलाई ढाक्‍न सक र तिम्रो नग्‍नताको शर्म देखाउन नपरोस्, र तिम्रो आँखालाई अभिषेक गर्न मलहम किन ताकि तिमीले देख्‍न सक

यहाँ “किन्‍नु”ले येशूबाट साँचो आत्मिक मूल्य भएका कुराहरू प्राप्‍त गर्नुलाई प्रतिनिधित्व गर्छ । “आगोले खारिएको सुन”ले आत्मिक सम्पत्तिलाई प्रतिनिधित्व गर्छ । “उज्‍जवल सेता वस्‍त्रहरू”ले धार्मिकतालाई प्रतिनिधित्व गर्छ । साथै “तिम्रो आँखालाई अभिषेक गर्न मलहम”ले आत्मिक कुराहरूलाई बुझ्‍ने क्षमतालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मकहाँ आऊ र आत्मिक सम्पत्ति प्राप्‍त गर, जु आगोले खारिएको सुनभन्दा बढी मूल्यवान् छ । मबाट धार्मिकता प्राप्‍त गर, जुन उज्‍जवल सेता वस्‍त्रहरू झैँ छन्, ताकी तिमी शर्ममा पर्न नपरोस् । साथै मबाट बुद्धि प्राप्‍त गर, जुन आँखाको लागि मलहम जस्तै छ, ताकि तिमीले आत्मिक कुराहरूलाई बुझ्‍न सक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)