ne_tn/rev/02/22.md

2.9 KiB

म त्यसलाई रोगशैय्यामा फालिदिनेछु ... कठोर दुःख भोगमा

त्यो ओछ्यानमा सुत्‍नुपर्ने भनेको येशूले त्यसलाई धेरै बिरामी बनाउनुभएको परिणाम हुन सक्छ । वैकल्‍पिक अनुवादः “म त्यसलाई ओछ्यानमा बिरामी भएर सुत्‍नुपर्ने बनाउनेछु ... म त्यसलाई धेरै कष्‍ट भोग्‍ने बनाउनेछु” वा “म त्यसलाई धेरै बिरामी बनाउनेछु ... म त्यसलाई धेरै कष्‍ट भोग्‍ने बनाउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यससँग व्यभिचार गर्नेहरूलाई महासङ्कष्‍टमा

मानिसहरूलाई दुःख भोग्‍न लगाउने कुरालाई येशूले यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरूलाई दुःख भोगमा फ्याँकिएको हो । वैकल्‍पिक अनुवादः “त्यससँग व्यभिचार गर्नेहरूलाई म धेरै कष्‍ट भोग्‍न लगाउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

व्यभिचार गर्नु

“व्यभिचारको अभ्यास गर्नु”

त्यसका कामहरूबाट तिनीहरूले पश्‍चात्ताप नगरेसम्‍म

यसको आशय हुन्छ कि तिनीहरूले त्यससँग त्यसको दुष्‍ट आचरणमा सहभागीता जनाएका छन् । त्यसको कामहरूबाट पश्‍चात्ताप गरेर, तिनीहरूले त्यसको आचरणमा सहभागीता जनाएकोमा पनि पश्‍चात्ताप गर्छन् । वैकल्‍पिक अनुवादः “त्यसले गर्ने दुष्‍टताबाट यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् भने” वा “त्यसका कामहरूमा सहभागीता जनाएकोमा यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)