ne_tn/rev/02/18.md

3.1 KiB

सामान्य जानकारीः

यो थिआटीरामा रहेको मण्‍डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।

दूत

यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्‍डलीको रक्षा गर्छन् वा २) मण्‍डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्‍नाबाट त्यस मण्‍डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्‍डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

थिआटीरा

यो पश्‍चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

जससँग आगोको ज्वाला झैँ भएका आँखाहरू छन्

उहाँका आँखाहरू आगोको ज्वाला झैँ ज्योतिले परिपूर्ण थियो भनेर वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश १:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जसका आँखाहरू आगोको ज्वाला झैँ बल्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

टल्काइएको काँसा झैँ पाउहरू

काँसालाई चम्किने बनाउन र प्रकाशको परावर्तन गराउन टल्काइन्छ । तपाईंले यसलाई प्रकाश १:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जसका पाउहरू टल्काइएको काँसा झैँ धेरै चम्किला छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)