ne_tn/rev/02/16.md

2.1 KiB

त्यसैले पश्‍चात्ताप गर

“यसैकारण पश्‍चात्ताप गर”

यदि तिमीले गरेनौ भने,

क्रियापदलाई अघिल्‍लो वाक्यांशबाट थप्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीले पश्‍चात्ताप गरेनौ भने, म” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तिनीहरूको विरुद्धमा लडाइँ गर्नु

“तिनीहरूको विरुद्धमा लड्नु”

मेरो मुखमा भएको तरवारले

यसले प्रकाश १:१६ मा भएको तरवारलाई जनाउँछ । हुन त संसारको विनाशको बारेमा वर्णन गर्ने भाषामा भएका प्रतीकहरूलाई सामान्यतया तिनीहरूले प्रतिनिधित्व गरेको थोकहरूद्वारा प्रतिस्थापित गरिनु हुँदैन, अनुवादकहरूले यसलाई परमेश्‍वरको वचनलाई प्रतिनिधित्व गर्ने प्रतीकको रूपमा देखाउने कि नदेखाउने भनेर छान्‍न सक्छन्, जसरी यूएसटीले गर्छ । यो प्रतीकले सङ्केत गर्छ कि ख्रीष्‍टले उहाँका शत्रुहरूलाई एउटा सामान्य आदेश दिएर हराउनुहुनेछ । वैकल्‍पिक अनुवादः “मेरो मुखमा भएको तरवारले, जुन परमेश्‍वरको वचन हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)