ne_tn/rev/02/13.md

1.9 KiB

शैतानको सिंहासन

सम्भावित अर्थहरू हुन् १) मानिसहरूमा शैतानको शक्ति र प्रभाव, वा २) शैतानले शासन गर्ने स्थान । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीले मेरो नामलाई बलियो गरी पक्रन्छौ

यहाँ “नाम” भनेको व्यक्तिको लागि प्रतिस्थापन शब्द हो । बलियो गरी विश्‍वास गर्ने कुरा चाहिँ बलियो गरी पक्रने कुरा भए झैँ गरी बताइएको छ । वैकल्‍पिक अनुवादः “तिमीले ममा बलियो गरी विश्‍वास गर्छौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

तिमीले ममा भएको तिम्रो विश्‍वास इन्कार गरेनौ

“विश्‍वास”लाई “विश्‍वास गर्नु” भनेर क्रियापदको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमी ममा विश्‍वास गर्छौ भनेर तिमीले मानिसहरूलाई बताइरह्‌यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

एन्टिपास

यो एउटा मानिसको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)