ne_tn/rev/01/20.md

2.0 KiB

ताराहरू

यी ताराहरू प्रतीकहरू हुन् जसले सात मण्‍डलीहरूका सात दूतहरूलाई प्रतिनिधित्व गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

सामदानहरू

यी सामदानहरू प्रतीकहरू हुन् जसले सात मण्‍डलीहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यसलाई प्रकाश १:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

सात मण्‍डलीहरूका सात दूतहरू

यी “दूतहरू”का सम्भावित अर्थहरू हुन् १) स्वर्गीय दूतहरू जसले सात मण्‍डलीहरूलाई सुरक्षा दिन्छन् वा २) सात मण्‍डलीहरूलाई मानव सन्देशवाहकहरू, जुन कि त यूहन्‍नाबाट मण्‍डलीहरूकहाँ पठाइएका सन्देशवाहकहरू हुन् वा ती मण्‍डलीहरूका अगुवाहरू हुन् ।

सात मण्‍डलीहरू

यसले सात मण्‍डलीहरूलाई जनाउँछ जुन एसियाको दक्षिण-पश्‍चिमी भूभागमा त्यो समयमा वास्तवमै अवस्थित थिए । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।