ne_tn/rev/01/06.md

2.1 KiB

हामीलाई एउटा राज्य ... पूजाहारीहरू बनाउनुभएको छ

“हामीलाई अलग गर्नुभएको छ र हामीमाथि राज गर्न थाल्‍नुभएको छ र उहाँले हामीलाई पूजाहारीहरू बनाउनुभएको छ”

उहाँका परमेश्‍वर र पिता

यो एउटै व्यक्ति हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर, उहाँको पिता”

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्‍वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

उहाँलाई महिमा र शक्ति भएको होस्

यो एउटा इच्छा वा प्रार्थना हो । सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले उहाँको महिमा र शक्तिलाई आदर गरून्” वा २) “उहाँसँग महिमा र शक्ति भएको होस् ।” यूहन्‍नाले प्रार्थना गर्छन् कि येशू ख्रीष्‍ट सम्‍मानित हुनुभएको होस् र सबैजना र सबैथोकमाथि राज गर्न सक्षम हुनुभएको होस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शक्ति

यसले सम्भवतः राजाको रूपमा शासन गर्ने उहाँको अधिकारलाई जनाउँछ ।