ne_tn/psa/149/002.md

2.3 KiB

तिनीहरूलाई बनाउनुहुनेमा आनन्‍दित होस्

सम्भावित अर्थहरू हुन्ः १) "उहाँले तिनीहरूलाई बनाउनुभएकोमा आनन्‍दित होओ ।" वा २) तिनीहरूलाई बनाउनुहुने असल हुनुभएकोले आनन्‍दित होओ ।"

आफ्‍ना राजामा आनन्‍दित होऊन्

"आफ्‍ना राजा" शब्दहरूले परमेश्‍वरलाई जनाउँछ । सम्भावित अर्थहरू हुन्: १) "उहाँ आफ्‍ना राजा हुनुभएकोले आनन्‍दित होओ ।" वा २) "आफ्‍ना राजा असल भएकोले आनन्‍दित होओ"

उहाँको नाउँको प्रशंसा गरून्

"नाउँ" शब्द परमप्रभु स्‍वयम्‌को लागि लक्षणा हो । अर्को अनुवादः "उहाँको प्रशंसा गरून् ।" वा "उहाँ कति महान् हुनुहुन्छ भनी मानिसहरूलाई भनून् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

खैंजडी

एउटा साङ्‍गीतिक बाजा जसको माथिल्लो भाग मादल जस्‍तै हुन्छ जसमा हिर्काउन सकिन्छ ।यसको छेउको वरपर धातुका टुक्राहरू हुन्छन् र जब यो बाजा हल्लाइन्छ यसले आवाज निकाल्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद