ne_tn/psa/144/007.md

2.7 KiB

माथिबाट आफ्‍नो हात पसार्नुहोस्, धेरै पानीबाट ... मलाई बचाउनुहोस्

दाऊद यसरी बोल्छन् कि मानौँ बाढी आएको ठाउँ माथिको जमिनमा परमेश्‍वर हुनुहुन्थ्यो र दाऊदलाई बाढीबाट माथि तान्‍न सक्‍ने उहाँका शारिरिक हातहरू थिए । बाढी "विदेशीहरू" को कारण भएका समस्‍याहरूका निम्ति रूपक हो । अर्को अनुवादः "तपाईं जो काम गर्न सक्‍नुहुन्छ, मलाई मेरा समस्‍याहरूबाट पार हुन सहायता गर्नुहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विदेशीहरूका हातबाट

यहाँ "हात" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "विदेशीहरूको शक्तिबाट" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका मुखहरूले झुटा बोल्छन्

"तिनीहरू झुट बोल्छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका दाहिने हात झुटा हो

सम्भावित अर्थहरू हुन्ः १) अदालतमा कसैले आफुले भन्‍न लागेको कुरा सत्‍य हो भनी कसम खान दाहिने हात उचाल्‍ने चलनको बारेमा दाऊद बोल्छन् । "तिनीहरूले सत्‍य बोल्‍न कसम खाएतापनि झुट बोल्छन् ।" वा २) "दाहिने हात" शक्तिको लागि रूपक हो । " तिनीहरूले पाएका हरेक कुराहरू, झुट बोलेर नै तिनीहरूले पाएका हुन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद