ne_tn/psa/139/013.md

1.5 KiB

तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो

"भित्री अङ्गहरू" ले कुनै व्‍यक्तिको भित्री भागहरूलाई जनाउँछ तर यहाँ यस अभिव्‍यक्तिले सम्‍भवतः सिङ्गो शरीरलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले मेरो सिङ्गो शरीरलाई बनाउनुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मेरो प्राणले यो राम्ररी जान्दछ

यहाँ "प्राण"ले परमेश्‍वरको प्रेम र निर्देशनको बारेमा निश्‍चित हुने भजन लेखकको भित्री क्षमतालाई जनाउँछ । अनुवादकले "प्राण"लाई भजन लेखकको मन र हृदयको लागि लाक्षंणा को रूपमा लेख्‍न सक्‍छन् । अर्को अनुवादः "म यो मेरो सम्‍पूर्ण हृदयले जान्दछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद