ne_tn/psa/132/017.md

3.3 KiB

म दाऊदको निम्ति म एउटा सिङ उमार्नेछु

दाऊदको शक्तिशाली सन्तानको बारेमा परमेश्‍वर यसरी बताउनुहुन्छ कि मानौँ ऊ कुनै पशुको शक्तिशाली सिङ थियो । अर्को अनुवादः "म दाऊदको सन्‍तानलाई तिनीपछिको राजा बनाउने छु ।" वा "म दाऊदको एउटा शक्तिशाली राजा बन्‍ने सन्‍तान हुने तुल्‍याउने छु ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु

दाऊदका सन्तानहरूलाई राजाको रूपमा निरन्‍तर राज्‍य गर्न दिनुहुने बारेमा परमेश्‍वर यसरी बोल्नुहुन्छ कि मानौँ ती बत्ती थिए जुन निरन्‍तर बल्नेछ । अर्को अनुवादः "म मेरा अभिषिक्‍त जनका सन्‍तानहरूलाई राजाको रूपमा शासन गर्ने तुल्‍याउनेछु ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो अभिषिक्‍त जन

"मेरो चुनिएको राजा" वा "मैले चुनेको राजा"

त्यसका शत्रुहरूलाई म लाजले ढाक्‍नेछु

लाजको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै पोशाक थियो । युद्धमा हार्नु लाजको कारण हुनेछ ।अर्को अनुवादः "म त्यसका शत्रुहरूलाई लाजमा पार्नेछु ।" वा "म त्यसका शत्रुहरूलाई पराजित र लज्जित तुल्याउनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसको मुकुट चम्किनेछ

मुकुटले त्यसको शासनलाई जनाउँछ र महान्‌तालाई चम्‍कनु जस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "त्यो महान् राजा हुनेछ ।" वा "त्यसको महान्‌ता चम्‍कनेछ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद