ne_tn/psa/132/003.md

1.9 KiB

तिनले भने

"राजा दाऊदले भने"

म आफ्‍ना आँखालाई सुत्‍न दिनेछैन न त आफ्‍ना पलकहरूलाई विश्राम दिनेछु

सुताइ र विश्राम बारे यसरी बताइएको छ कि मानौँ ती कसैलाई दिन सकिन्छ । यहाँ आँखाहरू र परेलीहरूले सिङ्गो मानिसलाई जनाउँछ । अर्को अनुवादः "म मेरा आँखाहरूलाई सुत्‍न वा मेरा पलकहरूलाई विश्राम गर्न दिने छैन ।" वा " म सुत्‍ने छैन वा आँखा बन्द गर्ने र विश्राम गर्ने छैन ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ ... पाउँदिन

परमप्रभुको निम्ति ठाउँ बनाउनुलाई उहाँको निम्ति ठाउँ भेट्टाउनुजस्‍तै गरी बताइएको छ । अर्को अनुवादः "जबसम्म मैले परमप्रभुको निम्ति ठाउँ ... नबनाएसम्‍म" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

याकूबको सर्वशक्‍तिमान

यसले परमेश्‍वरलाई जनाउँछ ।

शब्द अनुवाद