ne_tn/psa/127/003.md

2.5 KiB

उत्तराधिकार

"उपहार" वा "बहुमूल्‍य सम्पत्ति" । बच्चाहरूले सामान्‍यतया आफ्ना बुबाआमाबाट उत्तराधिकार पाउँछन् । उत्तराधिकार बुबाआमाबाट छोराछोरीहरूमा जान्छ । यस खण्‍डले छोराछोरीहरूलाई बुबाआमाको उत्तराधिकारको रूपमा जनाउँछ ।

योद्धाको हातको काँडझैँ जवानी अवस्थाका छोराछोरीहरू हुन्छन्

काँडहरू योद्धाको लागि धेरै महत्‍वपूर्ण छ किनभने त्यसले तिनलाई युद्धमा सुरक्षा दिन्छ । छोराछोरीहरूको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरू योद्धाका काँड हुन् । अर्को अनुवादः "धेरै छोराछोरीहरू हुनुले तिम्रो सुरक्षामा मद्दत गर्नेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

जसको ठोक्रो काँडहरूले भरिएको छ

ठोक्रो काँडहरू राख्‍ने भाँडो हो । धेरै छोराछोरीहरू हुनु बारेमा यसरी बताइएको छ कि मानौँ छोराछोरीहरू ठोक्रोका काँडहरू थिए । अर्को अनुवादः "छोराछोरीहरूले भरिएको घर" वा "धेरै छोराछोरीहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद