ne_tn/psa/124/006.md

1.9 KiB

दाँतले धुजाधुजा हुन दिनु

शत्रुहरूका बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरू जङ्गली जनावरहरू थिए जसले इस्राएलीहरूलाई खाएर नाश गर्ने थिए । अर्को अनुवादः "जङ्गली जनावरहरूले खाएको जस्‍तै नाश पार्ने ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शिकारीको पासोबाट चरा फुत्‍केझैं हामी भएका छौं

लेखकले आफु शत्रुहरूबाट फुत्केको कुराबारे यसरी बताउँछन् कि मानौं तिनी चरा थिए जो शिकारीको पासोबाट फुत्केको थियो । अर्को अनुवादः "शिकारीले थापेको पासोबाट चरा फुत्केझैँ हामी हाम्रा शत्रुहरूबाट उम्केका छौँ ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पासो

सानो जनावर वा चराहरू समात्‍न बनाइएको तार वा धागोको सानो जाली

पासो चुँडेको छ

लेखकलाई पक्रने शत्रुहरूका षड्‍यन्‍त्र यसरी असफल भयो कि मानौं त्यो चुँडेको पासो थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद