ne_tn/psa/119/113.md

2.6 KiB

समेख

यो हिब्रू वर्णमालाको पन्ध्रौं अक्षर हो । हिब्रू भाषामा, पद ११३-१२० को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

दोहोरो मन भएकाहरू

परमेश्‍वरको आज्ञा पालन गर्न इमानदार र पूर्ण रूपले समर्पित नभएको व्यक्तिलाई यसरी बताइएको छ कि मानौँ त्यो व्यक्तिको दुईवटा मन छ । अर्को अनुवादः "तपाईंको आज्ञा पालन गर्न पूर्ण रूपले समर्पित नभएकाहरू" वा "छलीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो लुक्‍ने ठाउँ

परमेश्‍वरले लेखकलाई सुरक्षित राख्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर कुनै ठाउँ हुनुहुन्थ्यो जहाँ लेखक गएर लुक्न सक्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो ... ढाल

परमेश्‍वरले लेखकलाई रक्षा गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर लेखकको ढाल हुनुहुन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको वचनमा म आशा गर्छु

यहाँ "आसा"ले उत्सुकता साथ आशा गर्नु भन्‍ने अर्थ दिन्छ । यसमा आसा र विश्‍वासको विचारधारणा छ । अर्को अनुवादः "म तपाईंको वचनमा विश्‍वास राख्छु"

तपाईंको वचन

यहाँ "वचन"ले परमेश्‍वरले मानिसहरूलाई बताउनुभएको कुरालाई जनाउँछ ।

शब्द अनुवाद