ne_tn/psa/119/103.md

1.6 KiB

तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!

परमेश्‍वरले भन्‍नुभएको कुरामा लेखक आनन्दित हुनुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वरका वचनहरू खाने कुरा थियो जुन लेखकलाई गुलियो लाग्थ्यो । अर्को अनुवादः "तपाईंका वचनहरू असल र आनन्दमय छन्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म विवेक पाउँछु

भाववाचक नाम "विवेक"लाई क्रियाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म जे ठिक छ त्यो बुझ्‍न सिक्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु

खराब व्यवहारलाई त्यो झुटो मार्ग वा बाटो भएझैँ बताइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद