ne_tn/psa/119/039.md

2.5 KiB

मलाई डर लाग्‍ने

"म ज्यादै डराउने"

तपाईंका धार्मिक फैसलाहरू असल हुन्‍छन्

परमेश्‍वरले उचित तरिकाले फैसला गर्नुहुन्छ र उहाँका निर्णयहरू असल छन् । अर्को अनुवादः "तपाईंका फैसलाहरू धार्मिक र असल छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

हेर्नुहोस्

यो एउटा वाक्पद्धति हो । यहाँ "हेर्नुहोस्" ले परिस्थितिमा सतर्क हुनुलाई जनाउँछ । यसले हेराइलाई मात्र नभएर ज्ञान वा समझमा पनि ध्यान केन्द्रित गराउछ ।

मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु

सम्भावित अर्थहरू हुन्ः १) "म तपाईंका निर्देशहरू जान्‍न असाध्य चाहन्छु" वा २) "तपाईंले हामीलाई गर्न सिकाउनु भएको कुरा पालन गर्न म उत्कट चाहना गर्छु ।"

तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस्

"धार्मिकता" शब्द भाववाचक नाम हो र यसले धर्मी हुनुलाई जनाउँछ । अर्को अनुवादः "मलाई पुनर्जीवित पार्नुहोस् किनभने तपाईं धर्मी हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मलाई पुनर्जीवित पार्नुहोस्

सम्भावित अर्थहरू हुन्ः १) "मलाई जीवितै राख्नुहोस्" वा २) मलाई बलियो बनाउनु होस् ।"

शब्द अनुवाद