ne_tn/psa/119/009.md

2.8 KiB

बेथ

यो हिब्रू वर्णमालाको दोश्रो अक्षर हो । हिब्रू भाषामा, पद ९-१६को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ।

जवान व्‍यक्‍तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ?

परमेश्‍वरको वचनमा नयाँ महत्त्‍वपूर्ण कुरा प्रस्तुत गर्न यो प्रश्‍न गरिएको छ । यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यसरी नै जवान मानिसले आफ्नो मार्ग शुद्ध राख्‍न सक्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नो मार्ग ... शुद्ध राख्‍न सक्छ

लेखक परमेश्‍वरको व्यवस्था अनुसार जिउनुलाई अवरोध हटाइएको मार्गसँग तुल्ना गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍नो सारा हृदयले

यो एउटा वाक्पद्धति हो । हृदयले व्यक्तिको मनोभाव, भावना, चाहनाहरू, र इच्छाहरू सबैलाई जनाउँछ । अर्को अनुवादः "आफ्‍नो सारा प्राणले" वा "ममा भएका सबै कुराले" वा "इमानदारीसाथ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस्

यहाँ परमेश्‍वरका आज्ञाहरू पालन नगर्नुलाई बाटोबाट टाढा जानुझैँ वर्णन गरिएको छ । अर्को अनुवादः "मलाई तपाईंका आज्ञाहरू उल्लङ्‍घन गर्न नदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद