ne_tn/psa/116/007.md

3.0 KiB

सामान्य जानकारीः

यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।

मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ

लेखकले शान्ति र निर्धक्क हुनुलाई यसरी बताउँछन् कि मानौँ त्यो कुनै ठाउँ थियो जहाँ तिनको प्राण विश्राम लिन सक्थ्यो । "प्राण" शब्दले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "म फेरी शान्तिमा विश्राम लिन सक्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

मेरो जीवनलाई मृत्‍युबाट ... तपाईंले बचाउनुभयो

यहाँ "तपाईं" शब्दले परमप्रभुलाई जनाउँछ । "जीवन" शब्दले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः मलाई मृत्युबाट ... तपाईंले बचाउनुभयो" वा "मलाई मर्नबाट ... तपाईंले बचाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा आँखाहरूबाट आँशु झर्नबाट

अर्थलाई स्पष्ट पार्न मौखिक वाक्यांशलाई पछिल्लो वाक्यांशबाट लिई लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले मेरा आँखाहरूलाई आँशु झर्नबाट बचाउनुभयो" वा "तपाईंले मलाई रुनदेखि रोक्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

मेरा खुट्टाहरूलाई ठेस खानबाट

खुट्टाहरूले यहाँ व्यक्तिलाई जनाउँछ । ठेस खानुले यहाँ सायद शत्रुद्वारा मारिनुलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले मलाई मेरा शत्रुहरूदेखि मारिनबाट" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]] र rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद