ne_tn/psa/114/003.md

2.6 KiB

समुद्रले हेर्‍यो र भाग्यो

लेखकले लाल समुद्रको बारे यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जो परमप्रभुले इस्राएलका मानिसहरूलाई सुक्खा जमिनमा भएर डोर्‍याउनुहुँदा भाग्यो । अर्को अनुवादः "यो समुद्रले हेरेको र भागेको जस्तै थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

यर्दन पछि फर्कियो

लेखकले यर्दन नदीको बारे यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जो परमप्रभुले इस्राएलका मानिसहरूलाई सुक्खा जमिनमा भएर डोर्‍याउनुहुँदा भाग्यो । अर्को अनुवादः "यो यर्दन भागेको जस्तै थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे

लेखकले पहाडहरू र डाँडहरू बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू जीवित छन् । उनले तिनीहरूको परमप्रभुको उपस्थितमा हुँदाको डरलाई तिनीहरू पाठाहरू र थुमाहरू उफ्रेझैं वर्णन गर्दा उनले सायद भूकम्पको बारे बताइरहेको हुनसक्छ । अर्को अनुवादः "त्यो पहाडहरू उफ्रिरहेका पाठाहरूझैं हल्लिएको र डाँडाहरू उफ्रिरहेका थुमाहरूझैँ हल्लिएको जस्तै थियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद