ne_tn/psa/110/005.md

4.1 KiB

परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ

प्रभु लडाइँमा जानुहुँदा परमप्रभु उहाँलाई सहायता गर्न उहाँको दाहिने हातपट्टि खडा हुनुहुन्छ ।" अर्को अनुवादः "परमप्रभुले तपाईंलाई लडाइँमा सहायता गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-explicit]])

उहाँले ... मार्नुहुनेछ

"उहाँ" शब्दले परमप्रभुलाई जनाउँछ । उहाँले राजाहरूलाई पराजित हुने र मारिने तुल्याउनु हुनेछ, तर उहाँले राजाका सेनालाई शत्रुका राजाहरूलाई मार्न दिनुहुनेछ । अर्को अनुवादः "उहाँले राजाहरूलाई मर्ने तुल्याउनु हुनेछ" वा "तपाईंका सेनालाई उहाँले राजाहरू मार्न दिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

राजाहरू

यसले उहाँका शत्रुहरूलाई जनाउँछ । अर्को अनुवादः "शत्रु राजाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्‍नो क्रोधको दिनमा

परमप्रभु रिसाउनुभई राजाहरूलाई मार्नु हुने दिनलाई "आफ्‍नो क्रोधको दिन" भनेर दाऊद यहाँ बताउँछन् । अर्को अनुवादः "उहाँको धैर्य क्रोधमा परिणत हुने न्यायको दिनमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उहाँले युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ

यसको अर्थ परमप्रभुले यो हुन दिनुहुनेछ भन्‍ने हो, तर युद्ध मैदानमा मर्ने सबै मानिसहरूलाई उहाँले स्वयम मार्नुहुनेछ भन्‍ने चाहिँ होइन । अर्को अनुवादः "उहाँले युद्ध मैदानलाई मृत शरीरहरूले भरिने तुल्याउनु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ

यसको अर्थ परमप्रभुले यो हुन दिनुहुनेछ भन्‍ने हो, तर उहाँले स्वयम अगुवाहरूलाई मार्नुहुनेछ भन्‍ने चाहिँ होइन । अर्को अनुवादः "उहाँले धेरै देशहरूका अगुवाहरू मारिने तुल्याउनु हुनेछ" वा "उहाँले धेरै देशहरूका अगुवाहरूलाई मर्न दिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद