ne_tn/psa/110/002.md

3.8 KiB

सामान्य जानकारीः

दाऊद राजा बोल्न जारी राख्छ ।

परमप्रभुले सियोनबाट तपाईंको शक्‍तिको राजदण्ड पसार्नुहुनेछ

परमप्रभुले राजाको राज्य गर्ने क्षेत्र फैलाउनुलाई उहाँको राजदण्ड पसार्नुझैँ यहाँ दाऊद बताउँछन् । अर्को अनुवादः "परमप्रभुले ती क्षेत्रहरू फैलाउनु हुनेछ जसमाथि तपाईं शक्तिका साथ राज्य गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंका शत्रुहरूमाथि राज्‍य गर्नुहोस्

"हे राजा, तपाईंका शत्रुहरूमाथि राज्‍य गर्नुहोस् ।" यो आज्ञाको रूपमा राजासित बोलिएको हो ।

आफ्नै स्‍वइच्छाले

"आफ्नै छनोटले ।" यसको अर्थ तिनीहरूले राजालाई पछ्याउने छनोट गर्नेछन् भन्‍ने हो ।

तपाईंको शक्‍तिको दिनमा

यसले त्यो दिनलाई जनाउँछ जब राजाले आफ्नो सेनालाई लडाइँमा अगुवाइ गर्नुहुनेछ । यसलाई स्पष्टसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले आफ्ना सेनालाई लडाइँमा अगुवाइ गर्ने दिनमा" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

प्रभातको गर्भदेखि नै ... शीतझैं हुनेछ

दाऊदले शीतलाई शिशुझैँ वर्णन गर्छ जसलाई प्रभातले जन्म दिन्छ । अर्को अनुवादः "बिहान ... शीतझैं हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्‍ति शीतझैं हुनेछ

सबेरै हरेक बिहान परेको शीतसँग तुलना गरी राजाको हरेक बिहान, जवानीपनको शक्ति हुनेछ भनी दाऊदले राजालाई भन्दै छन् । अर्को अनुवादः "हरेक बिहान शीतले पृथ्वीलाई पानी दिइ त्यसलाई स्वास्थ्य राखेजस्तै तपाईंलाई स्वास्थ्य राख्‍न हरेक बिहान तपाईं जवानीपनको शक्तिले भरिपूर्ण हुनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद