ne_tn/psa/107/039.md

2.7 KiB

तिनीहरू

"तिनीहरू" शब्दले परमप्रभुले त्यस भूमिमा बसाल्नुभएका भोका मानिसहरूलाई जनाउँछ । यो वाक्यले परमप्रभुले तिनीहरूलाई त्यस भूमिमा बसाल्नु अघि तिनीहरू कस्ता थिए भन्‍ने कुरालाई वर्णन गर्छ ।

पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए

यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूका अगुवाहरूले पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घटाइदिए र तिनीहरूलाई तल झारिदिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सङ्‍ख्‍या घट्‍यो

"सङ्ख्यामा थोरै भए"

तल झारिए

यसको अर्थ लज्जीत हुनु हो । अर्को अनुवादः "लज्जीत पारिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

घृणा खन्याउनुहुन्छ

परमप्रभुले अगुवाहरूप्रति घृणा देखाउनुलाई दाऊद यहाँ यसरी बताउँछन् कि मानौँ घृणा तरलपदार्थ थियो जुन उहँले तिनीहरूमाथि खन्याउनुभयो । अर्को अनुवादः "घृणा देखाउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अगुवाहरू

"शासकहरू" यसले मानिसहरूलाई थिचोमिचो गर्ने अगुवाहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूलाई थिचोमिचो गर्ने अगुवाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

जहाँ कुनै बाटो हुँदैन

"जहाँ मानिसहरू कहिले जादैनन्"

शब्द अनुवाद