ne_tn/psa/107/025.md

3.2 KiB

उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो

"उहाँले बतासलाई आज्ञा दिनुभयो र त्यसलाई समुद्र छल्काउने एउटा ठूलो आँधी हुने बनाउनुभयो"

आँधी

"शक्तिशाली आँधीबेहरी जस्तै एउटा शक्तिशाली बतास"

समुद्रलाई नै छल्काउने

बतासले छाललाई बढ्ने तुल्याउनुलाई दाऊद यहाँ यसरी वर्णन गर्छन् कि मानौँ बतास कुनै कुरालाई हल्लाइरहेको एउटा वस्तु थियो । अर्को अनुवादः "समुद्रको छाललाई अत्यन्तै बढाउने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए

यसले जहाजहरूलाई छालसँगै माथि उचालिनु र तल झर्नु भन्‍ने वर्णन गर्छ । आकाशसम्मै उचालिनु र गहिराइमा जानुको चरमबिन्दुहरू आँधी कति भयानक थियो भनेर व्यक्त गर्न गरिएको बढाइचढाइ हो । अर्को अनुवादः "तिनीहरूका जहाजहरू छालहरूमा धेरै माथि उचालिन्थे र त्यसपछि तिनीहरू छालहरूको बिच धेरै तल झर्थे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तिनीहरूका जीवन संकष्टमा बिलेर गयो

यस वाक्पद्धतिले ती नाविकहरूको ठूलो डरलाई वर्णन गर्छ । अर्को अनुवादः "ती मानिसहरू भयभित भए र अत्यन्तै व्याकुल भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूका बुद्धि हरायो

"तिनीहरूका बुद्धि हरायो" वाक्यांशको अर्थ तिनीहरूलाई के गर्ने भनेर थाहा भएन भन्‍ने हो । अर्को अनुवादः "र तिनीहरूलाई के गर्ने भनेर थाहा भएन" वा "तिनीहरूलाई के गर्ने पत्तै भएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद