ne_tn/psa/107/011.md

4.5 KiB

तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको ... सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले

यी वाक्यांशहरूको उस्ता-उस्तै अर्थहरू छन् र तिनीहरूले परमेश्‍वरको विरुद्ध कतिसम्म विद्रोह गरेका थिए, जसको कारणले गर्दा तिनीहरू झ्यालखानामा हालिएका थिए भन्‍ने कुरालाई यसले जोड दिन्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो

यहाँ हृदयले व्यक्तिलाई जनाउँछ, तर विशेष गरी तिनको चाहनालाई जनाउँछ । अर्को अनुवादः "उहाँले तिनीहरूलाई दुःख भोग्‍न दिनुभएर तिनीहरूलाई नम्र पार्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

कठिनाइ

सम्भावित अर्थहरू हुन्ः १)"समस्या" वा २) "कठोर परिश्रमद्वारा ।"

तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन

"ठेस खाए"ले यी मानिसहरू अत्यन्तै कठिन अवस्थाहरूमा परेको समयलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू समस्यामा परे र तिनीहरूलाई त्यसबाट बाहिर निस्कन सहायता गर्ने कोही थिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे

उहाँले तिनीहरूको सहायता गरून् भनेर तिनीहरूले परमप्रभुलाई प्रार्थना गर्दैछन् भन्‍ने यसले सङ्‍केत गर्छ । भजनसंग्रह १०७:६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तिनीहरूले आफ्‍ना कष्टमा तिनीहरूलाई सहायता गर्न परमप्रभुलाई प्रार्थना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्‍ना कष्ट

"कठिनाइहरू" वा "दुःख" । भजनसंग्रह १०७:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

उहाँले ... ल्‍याउनुभयो

परमप्रभुले तिनीहरूलाई तिनीहरूको कष्टबाट बचाउनुलाई यहाँ दाऊद यसरी वर्णन गर्छ कि मानौँ तिनीहरूको कष्ट कुनै ठाउँ थियो जहाँबाट उहाँले तिनीहरूलाई बाहिर निकाल्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "उहाँले ... बचाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद