ne_tn/psa/101/002.md

3.1 KiB

इमानदरीताको बाटोमा म हिंड्नेछु

यहाँ "जिउनु" बारे दाऊद "हिँड्नु"झैँ बताउँछन् । अर्को अनुवादः "म इमानदार र न्यायोचित तरिकामा जिँउने छु" वा "म सत्यनिष्ठाको जीवन जिँउने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म आफ्‍नो घरभित्र इमानदरीतामा हिंड्‍नेछु

यहाँ "जिउनु" बारे दाऊद "हिँड्नु"झैँ बताउँछन् । साथै, आफ्नो घरलाई इमानदरीतामा निरीक्षण गर्नुलाई दाऊद यसरी बताउँछन् कि मानौँ इमानदरीता कुनै भौतिक कुरा थियो जुन तिनको घरमा बसिरहेका छन् । अर्को अनुवादः "म मेरो घरलाई इमानदरीतामा निरीक्षण गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन

"आफ्‍नो आँखाको सामु दुष्ट कुरालाई राख्‍नेछैन" वाक्पद्धतिको अर्थ त्यसको अनुमति नदिनु भन्‍ने हो । अर्को अनुवादः "म मेरो उपस्थितिमा कुनै पनि खराब काम गर्ने अनुमति कसैलाई दिनेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-idiom]])

त्‍यो मसित टाँसिनेछैन

दाऊदले "खराबी"लाई यसरी वर्णन गर्छन् कि मानौँ त्यो कुनै कुरा थियो जुन तिनीसित टाँसिन सक्दैन । यसको अर्थ यो हो कि तिनी खराब कुराहरू र खराबी गर्ने मानिसहरूबाट टाढा रहनेथ्यो । अर्को अनुवादः "म सम्पूर्ण तवरले खराबीबाट टाढा रहनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

टाँसिने

केहि कुरा वा कसैलाई जोड्सित समात्‍नु

शब्द अनुवाद