ne_tn/psa/091/001.md

4.2 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

जो ... बस्‍छ ... सर्वशक्‍तिमानको ... रहेनेछ

"बस्छ" र "रहेनेछ"ले र त्यसको साथै "छत्रछाया" र "छाया"ले लगभग एउटै अर्थ दिन्छ जुन दुवै सुरक्षाको एउटा रूपक हो । तपाईंले यी दुई कुराहरूलाई एउटै बनाउन आवश्‍यक होला । अर्को अनुवादः "सर्वोच्च, सर्वशक्‍तिमानले उहाँको सुरक्षाको घेरामा बस्‍नेहरू सबैको रेखदेख गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-doublet]])

जो सर्वोच्‍चको छत्रछायामा बस्‍छ

"छत्रछाया" शब्द सुरक्षाको एउटा रूपक हो । अर्को अनुवादः "जो सर्वोच्चले सुरक्षा दिने स्थानमा बस्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सर्वोच्‍च

"सर्वोच्‍च" शब्दले परमप्रभुलाई जनाउँछ । भजनसंग्रह १८:१३मा यसलाई कसरी अनुवाद गरियो सो हेर्नुहोस् ।

सर्वशक्‍तिमानको छायामा रहेनेछ

"छाया" शब्द यहाँ सुरक्षाको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "जो सर्वशक्‍तिमानले सुरक्षा दिन सक्‍नु हुने स्थानमा बस्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सर्वशक्‍तिमान

सबै कुरा माथि शक्ति र अधिकार भएको । भजनसंग्रह ६८:१५मा यसलाई कसरी अनुवाद गरिएको छ सो हेर्नुहोस् ।

म परमप्रभुको बारेमा भन्छु

"म परमप्रभुको बारेमा भन्छु"

मेरो शरणस्थान र मेरो किल्ला

"शरणस्थान" एउटा ठाउँ हो जहाँ कुनै व्यक्ति जान सक्छ र आफूलाई कोहि वा केहि कुराद्वारा सुरक्षित राख्‍न सक्छ । "किल्ला" यस्तो केहि कुरा हो जुन मानिसहरूले आफू र आफ्ना धन सम्पत्तिलाई सुरक्षित राख्‍न निर्माण गर्‍थे । आसापले यी शब्दहरूलाई यहाँ सुरक्षाको निम्ति रूपकको रूपमा प्रयोग गर्छन् । अर्को अनुवाद: "जसकहाँ म जान सक्छु र उहाँले मलाई रक्षा गर्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद