ne_tn/psa/089/046.md

4.8 KiB

हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ ?

परमेश्‍वरले राजालाई निरन्तर इनकार गर्नुभएको आफू चाहदैनन् भनेर जोड् दिन लेखक यी प्रश्‍नहरू गर्छन् । अर्को अनुवादः "हे परमप्रभु, कृपया गरी राजालाई सधैं सहायता गर्न इनकार नगर्नुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंले ... आफूलाई लुकाउनुहुनेछ

परमेश्‍वरले राजालाई साहायत नगर्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर तिनीबाट लुक्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "तपाईं ... राजालाई सहायता गर्न इनकार गर्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?

परमेश्‍वर रिसाइरहनु भएको लेखक चाहदैनन् भनेर जोड् दिन तिनले एउटा प्रश्‍न गर्छन् । अर्को अनुवादः "बिन्ती छ, निरन्तर नरिसाइरहनु होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको रिस ... आगोझैं दन्किनेछ

परमेश्‍वर असाध्य रिसाउनुलाई यसरी बताइएको छ कि मानौँ उहाँको रिस तातो आगो थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ

"बेकाम"लाई "बेकामको निम्ति"को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले सबै मानिसहरूलाई बेकामको निम्ति मर्न सृष्टि गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मानवजातिका सबै सन्तान

यसले सामान्य रूपमा मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-gendernotations)

को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र?

लेखकले सबै मानिसहरू मर्नेछन् भनेर जोड दिन यी प्रश्‍नहरू गर्छन् । अर्को अनुवादः "कोहि पनि सदाको निम्ति जीवित रहन सक्नेछैन न कसैले आफैलाई मरेपछि फेरी जीवित पार्न नै सक्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र

लेखकले चिहानको बारे यसरी बताउँछ कि मानौँ त्यो एउटा व्यक्ति थियो जससँग मरेकाहरूमाथि अधिकारको शक्ति थियो । सम्भावित अर्थहरू हुन्ः १) कुनै पनि व्यक्तिले आफैलाई मरेपछि जीवित पार्न सक्दैन वा २) कुनै पनि व्यक्तिले आफैलाई मर्न देखि रोक्न सक्दैन । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद