ne_tn/psa/089/044.md

2.0 KiB

तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्‍याउनुभएको छ

यहाँ "सिंहासन"ले राजा भएर राज्य गर्ने शक्तिलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु, त्यसले राजा भएर गर्ने शासनलाई तपाईंले अन्त्य गर्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ

परमेश्‍वरले राजालाई तिनी अझैँ जवान भए तापनि तिनलाई वृद्ध देखिने तुल्याउनु भयो भनेर बताउने यो एउटा तरिका हो । अर्को अनुवादः "त्यो जवान हुँदा नै तपाईंले त्यसलाई एउटा वृद्ध मानिस जस्तै कमजोर बनाउनुभएको छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-idiom)

त्यसलाई लाजले ढाक्‍नुभएको छ

परमप्रभुले राजालाई पूर्ण रूपले लज्जित तुल्याउनुलाई यसरी बताइएको छ कि मानौँ लाज एउटा लुगा थियो जुन परमेश्‍वरले राजालाई ढाक्न प्रयोग गर्नुभयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद