ne_tn/psa/089/041.md

2.6 KiB

आफ्नो छिमेकीको निम्ति

यहाँ "छिमेकी"ले आसपासका अरू जातिका मानिसहरू भन्‍ने अर्थ दिन्छ ।

त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ

यहाँ "दाहिने हात"ले शक्तिलाई जनाउँछ । "दाहिने हात उठाउनुभएको छ"को अर्थ परमप्रभुले त्यसको शत्रुहरूलाई परमेश्‍वरको चुनिएको राजालाई पराजित गर्न सक्ने शक्तिशाली बनाउनुभएको छ भन्‍ने हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/translate-symaction]])

त्यसको तरवारको धारलाई फर्काउनुभएको छ

यहाँ "तरवार"ले लडाइँमा राजाको शक्तिलाई जनाउँछ । तरवारलाई पछाडि फर्काउनुभएको छ वाक्यांशले राजालाई लडाइँमा विजय हुन नसक्ने तुल्याउनु भएको छ भन्‍ने जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

त्यसको तरवारको धार

यहाँ "धार"ले सिङ्गो तरवारलाई जनाउँछ । अर्को अनुवादः "त्यसको तरवार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन

यहाँ "खडा"ले युद्धमा विजयी हुनुलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले त्यसलाई युद्धमा विजयी हुनको निम्ति सहायता गर्नुभएको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद