ne_tn/psa/089/024.md

4.2 KiB

जोड्ने वाक्यः

परमप्रभु दाऊदको बारे बोल्न जारी राख्नु हुन्छ ।

मेरो सत्यता र मेरो करारको विश्‍वस्‍तता त्यससँग हुनेछ

परमेश्‍वर सधैव इमानदार हुनु र उहाँले दाऊदको निम्ति प्रतिज्ञा गर्नु भएको कुरा सधैँ गर्नुलाई यसरी बताइएको छ कि मानौँ सत्यता र विश्‍वस्‍तता वस्तु थिए जुन दाऊदसित हुनेथ्यो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ

यहाँ "नाउँ"ले परमेश्‍वरको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "म, परमेश्‍वरले त्यसलाई विजयी हुने तुल्याउने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुलि नदीहरूमाथि राख्‍नेछु

यहाँ "हात" र "दाहिने बाहुलि"ले शक्ति र अधिकारलाई जनाउँछ । यहाँ "समुद्र"ले इस्राएलको पश्‍चिममा भएको भूमध्यसागर, र "नदीहरू"ले पूर्वमा भएको युफ्रेटिस नदीलाई जनाउँछ । यसको अर्थ दाऊदले समुद्रदेखि नदीसम्म सबै कुरामाथि अधिकार गर्ने छ भन्‍ने हो । अर्को अनुवादः "म त्यसलाई भूमध्यसागरदेखि युफ्रेटिस नदीसम्म सबै कुरामाथि अधिकार दिनेछु ।"(हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-merism]])

त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्‍वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।'

यस उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले म त्यसको पिता, त्यसको परमेश्‍वर र त्यसको उद्धारको चट्टान हुँ भनेर भन्‍ने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

मेरो उद्धारको चट्टान

परमेश्‍वरले दाऊदलाई रक्षा गर्नु र बचाउनुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर एउटा अग्लो चट्टान हुनुहुन्थ्यो जसमाथि दाऊद शत्रुहरूबाट सुरक्षाको निम्ति खडा हुन सक्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद