ne_tn/psa/089/015.md

2.8 KiB

जसले तपाईंको आराधना गर्छन्

यहाँ "आराधना" शब्दले स्वर निकाल्नु र तुरही बजाउनुलाई जनाउँछ । इस्राएली चाडपर्वको समयमा आराधना गर्ने यी साधारण तरिकाहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू ... हिंड्छन्

मानिसहरूले तिनीहरूको जीवन जिउनुलाई यहाँ यसरी बताइएको छ कि मानौँ तिनीहरू हिडिरहेका थिए । अर्को अनुवादः "तिनीहरू ... जिउछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको मुहारको प्रकाशमा

परमप्रभु तिनीहरूप्रति निगाहका साथ व्यवहार गर्नुलाई लेखक यसरी बताउछन् कि मानौँ परमप्रभुको मुहारले तिनीहरूमाथि प्रकाश चम्कायो । अर्को अनुवादः "तपाईंले तिनीहरूप्रति निगाहका साथ व्यवहार गर्नुभयो भनी जानेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको नाउँमा

यहाँ नाउँले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन्

"धार्मिकता" भाववाचक नामलाई विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले तपाईंलाई उचालछन् किनभने तपाईंले सदा जे न्यायसङ्गत छ त्यहि गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद