ne_tn/psa/087/005.md

3.0 KiB

सियोनको बारेमा यसो भनिनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले सियोनको बारेमा यसो भन्‍ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यीमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो

परमप्रभुलाई आराधना गर्ने अरू जातिहरूबाटका मानिसहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू यरूशलेममा नै जन्मेका थिए । अर्को अनुवादः "यी सबै मानिसहरू यरूशलेममा जन्मेका झैँ छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्‍यहाँ

अर्को अनुवादः "यरूशलेममा" वा "सियोनमा"

त्यसलाई स्थापित गर्नुहुनेछ

"यरूशलेमलाई बलियो बनाउनुहुनेछ"

परमप्रभुले जातिहरूका जनगणना पुस्तकमा लेख्‍नुहुन्छ

परमप्रभुले अरू जातिहरूबाटका मानिसहरू उहाँका हुन् भनेर स्वीकार गर्नुलाई यसरी बताइएको छ कि मानौँ उहाँ आफ्नो सहरमा बसोवास गर्ने मानिसहरूको नाम लेखिरहनु भएको राजा हुनुहुन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यो त्‍यहाँ जन्मेको थियो

"यो"ले लेखकले उल्लेख गरेका जातिहरूबाटका मानिसहरूलाई जनाउँछ । तिनीहरू शारीरिकरूपमा सियोनमा नजन्मेका भए तापनि, परमेश्‍वरलाई पछ्याउनेहरू आत्मिकरूपमा यरूशलेमका निवासीहरू हुन् । भजनसंग्रह ८७:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद