ne_tn/psa/085/010.md

4.6 KiB

करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन्

सम्‍भावित अर्थहरू यी हुन्: १) परमेश्‍वर उहाँको करारको कारण विश्वासयोग्य हुनुहुनेछ र उहाँले गर्छु भनी प्रतिज्ञा गर्नुभएको कुरा गर्नुहुन्छ २) आफ्नो करारको कारण परमेश्‍वर विश्वासयोग्य हुनुहुनेछ र मानिसहरूले उहाँप्रति विश्वासयोग्य भएर प्रतिकृया दिनेछन् । यी दुवै तरिकामा विश्‍वस्‍तता र सत्‍यतालाई यसरी बताइएको छ कि मानौँ ती एकअर्कासँग मिलेका मानिसहरू थिए । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-personification]])

मिलेका छन् ... आपसमा चुम्बन गरेका छन्

सम्भवतः परमेश्वरले ती मानिसहरूलाई फेरि समृद्ध तुल्याउनु हुँदाको भविष्‍यको समयलाई लेखक वर्णन गरिरहेका छन् । अर्को अनुवाद: "एकसाथ मिल्‍नेछन् ... आपसमा चुम्बन गर्नेछन्"

धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन्

सम्‍भावित अर्थहरू यी हुन्: १) मानिसहरूले जे कुरा छ त्‍यही गर्नेछन् र परमेश्‍वरले मानिसहरूलाई शान्तिमा जीउँने तुल्याउनुहुनेछ । वा २) परमेश्वरले जे कुरा छ त्‍यही गर्नुहुनेछ र मानिसहरूलाई शान्तिमा जीउँने तुल्याउनुहुनेछ । यी दुवै तरिकामा धार्मिकता र शान्तिलाई यसरी बताइएको छ क मानौँ ती आपसमा चुम्बन गरिरिहेका मानिसहरू थिए । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-personification]])

आपसमा चुम्बन गरेका छन्

यो मित्रहरू बिच अनुमोदन गर्ने एउटा सामान्य तरिका थियो ।

सत्‍यता जमिनबाट उम्रन्छ

पृथ्वीका मानिसहरू परमेश्वरप्रति विश्‍वासयोग्य हुनुलाई यसरी बताइएको छ कि मानौँ सत्‍यता जमिनबाट उम्रिरहेको एउटा बिरूवा थियो । अर्को अनुवाद: "यहाँ पृथ्वीमा हामी परमेश्‍वरप्रति बफादार हुनेछौ" (EN-UDB) (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

धार्मिकताले आकाशबाट तल हेर्छ

परमेश्‍वरलेजस्‍तै धार्मिकत तल हेरिरहेको एउटा व्‍यक्‍ति भएझैँ लेखक वर्णन गर्छन् । अर्को अनुवाद: "परमेश्‍वरले हामीतिर निगाहपूर्वक हेर्नुहुनेछ र हामीलाई विजय दिनुहुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद