ne_tn/psa/078/035.md

2.4 KiB

सामान्य जानकारी:

यसले इस्राएलीहरूले गरेका कुराबारे बताउँछन् ।

सम्झे

"याद गर्‍थे" २०:३ मा यसलाई कसरी अनुवाद गरिएको छ, हेर्नुहोस् ।

परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो

लेखक परमेश्वरबारे यसरी बताउँछन् कि मानौँ उहाँ डाँडा वा पहाड हुनुहुन्थ्यो जहाँ मानिसहरू आफ्ना शत्रुहरूबाट सुरक्षित हुन जान सक्‍थे । अर्को अनुवाद: "तिनीहरूको रक्षा गर्ने परमेश्वर मात्र हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका उद्धारकर्ता

"तिनीहरूलाई उद्धार गर्नुहुने"

उहाँसँग चापलुसी गरे

"तिनीहरूले त्‍यसतो विश्‍वास नगरेता पनि उहाँ अद्भुत हुनुहुन्‍थ्‍यो भने"

आफ्‍ना मुखले

"मुख" शब्द तिनीहरूले आफ्ना मुखले बोलेका वचनहरूको निम्ति लाक्षणा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन्

"तिनीहरूले उहाँमा भरोसा राखेनन्" वा "तिनीहरू उहाँप्रति बफादार थिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद