ne_tn/psa/074/020.md

3.1 KiB

सामान्य जानकारी:

आसाप परमप्रभुप्रति आफ्‍नो विलाप निरन्‍तर पोख्‍छन् ।

देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन्

आसापले "क्षेत्रहरू"को बारे यसरी बताउँछन् कि मानौँ ती भाँडाहरू भाँडाहरू थिए जसमा कसैले "हिंसाले भरिएको ठाउँहरू" राख्‍न सक्‍थे । अर्को अनुवाद: "हिंस्रक मानिसहरूले देशका अन्धकार ठाउँहरूमा आफूले गर्न सक्‍ने जताततै दुष्ट कुराहरू गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

देशका अन्धकार क्षेत्र

"अन्‍धकार" शब्द खराब कुराहरू हुने ठाउँ वा इस्राएलीहरू निर्वासनमा पठाइएको देशका निम्ति रूपक हो, तर हुन सक्‍छ भने यी वाक्यांशलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्‍याउनुहोस्

"दुष्ट मानिसहरूबाट थिचोमिचोमा परेका मानिसहरूलाई परास्‍त हुन दिई तिनीहरूलाई अपमान हुने नतुल्‍याउनुहोस्"

थिचोमिचोमा परेकाहरू

यी शक्तिशाली मानिसहरूबाट निर्दय साथ व्‍यवहार गरिएका मानिसहरू हुन् ।

गरीब र थिचोमिचोमा परेकाहरू

सम्‍भवत: "गरीब" र "थिचोमिचोमा परेकाहरू" शब्दहरूको अर्थ एउटै हो र परमेश्वरले आफ्नो सहायता चाहिने धेरैलाई बचाउनुहुन्‍छ भन्‍ने कुरामा जोड दिन्छ । ३५:१० मा यी वाक्यांश कसरी अनुवाद गरिएको छ, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद