ne_tn/psa/074/012.md

3.7 KiB

सामान्य जानकारी:

यसले नयाँ विषयवस्तुको सुरूवात गर्छ: आसापले परमेश्‍वरको मानिसहरूको इतिहासमा परमेश्वरका शक्तिशाली कार्यहरू घोषणा गरिरहेका छन् ।

परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ

सम्‍भावित अर्थहरू यी हुन्: १) इस्राएलको प्रतिनिधिको रूपमा आसाप बोल्‍दैछन्, " हामी इस्राएलीहरू एउटा जाति भएदेखि नै परमेश्‍वर हाम्रो राजा हुनुभएको छ" वा २) "परमेश्‍वर, मेरो राजा प्राचीन समयदेखि नै हुनुहुन्‍थ्‍यो ।"

उद्धार ल्याउनुभएर

"मानिसहरूलाई बचाउनुभएर" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-metaphor]])

तपाईंले समुद्रलाई ... तोड्नुभएको छ

सम्‍भवत: आसाप परमेश्‍वरले इस्राएललाई मिश्रबाट निकालेर ल्‍याउनुभएको, लाल समुद्रलाई विभाजन गर्नुभएको, सुख्खा भूमि भएर इस्राएललाई डोहोर्‍याउनुभएको, त्‍यसपछि फारोका सेनालाई डुबाउनुभएको समय बारे बोल्‍दैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो

आसापले परमेश्‍वरको बारे उहाँको शारीरिक शरीर भएझैँ बताइरहेका छन् । "तपाईं यति शक्तिशाली हुनुहुन्छ कि तपाईंले समुद्रको बिचमा सुख्खा जमिन बनाउन सक्‍नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

समुद्र

"धेरै पानी"

तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरू तोड्नुभयो

सम्‍भवत: आसापले फारो र तिनका सेनाको बारे तिनीहरू भयानक जन्‍तुहरू भएझैँ बताउँदै छन् । सम्‍भव भए यी वाक्यांशलाई शाब्दिक रूपमा अनुवाद गर्नुहोस् । अर्को अनुवाद: "तपाईंले फारोका सेनालाई मार्नुहुदाँ यो तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरूतोड्नुभएझैँ थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद