ne_tn/psa/074/009.md

4.8 KiB

सामान्य जानकारी:

आसापले आफूले देखेको विनाशको बारे परमेश्‍वरलाई बताउँदै छन् ।

हामीले अब कुनै चिन्हहरू देख्दैनौं

सम्‍भावित अर्थहरू यी हुन्: १) "हामीले परमेश्‍वरबाट अब कुनै आश्चर्यजनक चिन्हहरू देख्दैनौं" वा २) "हाम्रा सबै पवित्र चिन्हहरू विलीन भएका छन्" वा ३) यदि सेनाको झण्‍डाहरू र चिन्हहरूको बारे बताउने हो भने, हाम्रो सेना पूर्ण रूपमा नष्‍ट भए ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्?

यसलाई सामान्य वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हे परमेश्‍वर, शत्रुहरूले हामीलाई धेरै समयदेखि अपमान गरिरहेका छन्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?

यसलाई सामान्य वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तपाईंले शत्रुहरूलाई तपाईंको निन्दा गर्न कहिल्यै पनि राक्‍नुहुनेछैन जस्‍तो देखिन्‍छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको निन्दा गर्ने

अर्को अनुवाद: "तपाईं खराब हुनुहुन्‍छ भनी भन्‍छन्" वा "तपाईंको अपमान गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ?

भजनरचयताले परमेश्‍वरको बारे उहाँको शारीरिक शरीर भएझैँ बताउँछन् । यसलाई सामान्य वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "आफ्‍नो बाहुली, तपाईंको दाहिने हात नरोक्‍नुहोस्!" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-personification]])

आफ्‍नो बाहुली ... रोक्‍नुहुन्छ

यहाँ "बाहुली" शब्‍द शक्तिको निम्ति लाक्षणा हो । अर्को अनुवाद: "आफ्‍नो शक्ति ... देखाउनुहुन्‍न" वा "आफ्‍ना शत्रुहरूलाई नाश गर्न आफ्नो शक्ति ... चलाउनुहुन्‍न" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-explicit]])

आफ्‍नो दाहिने हात

"आफ्‍नो सबैभन्‍दा बलियो हात"

आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस्

भजनरचयताले परमेश्‍वरको बारे उहाँको शारीरिक शरीर भएझैँ बताउँछन् । "आफ्‍नो शक्ति लुकाउन छाडि काम गर्नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद