ne_tn/psa/070/004.md

4.4 KiB

तपाईंको खोजी गर्नेहरू

परमेश्‍वरलाई खोज्‍नुले १) परमेश्‍वरलाई सहायताको निम्ति पूकार्नु वा २) परमेश्‍वरको बारे विचार गर्नु र उहाँको आज्ञा पालना गर्नु भन्‍ने बुझाउँछ । अर्को अनुवाद: "तपाईंलाई सहायताको निम्ति पूकार्ने " वा "परमेश्‍वरको बारे विचार गर्ने र उहाँको आज्ञा पालना गर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आनन्‍दित होऊन् र ... खुसी होऊन्

यी दुई वाक्यांशको अर्थ एउटै हो र खुसीको मात्रालाई जोड दिन्‍छ । अर्को अनुवाद: "अति आनन्‍दित होऊन्" वा "निकै खुसी होऊन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तपाईंको उद्धार मन पराउनेहरू

भाववाचक नाम "उद्धार"लाई कार्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईंले तिनीहरूलाई बचाउनुभएकोले तपाईंलाई प्रेम गर्नेहरू" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

सधैं भनून्

परमेश्‍वरलाई अकसर प्रशंसा गर्नुको महत्त्‍व जोड दिन यो बढाइचढाइ गरिएको हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

परमेश्‍वरको स्तुति होस्

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : " परमेश्‍वरको स्तुति गरियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

गरीब र दरिद्र

यहाँ "गरीब" र "दरिद्र" शब्दको अर्थ एउटै हो र तिनी आफैले आफूलाई सहायता गर्न सक्‍दैनन् भन्‍ने जोड दिन्छ । अर्को अनुवाद: "निकै दरिद्र" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

मकहाँ चाँडो आउनुहोस्

परमेश्वर लेखकलाई सहायता गर्न तिनीकहाँ दौडेर आइरहनुभएझैँ तिनीले उहाँको बारे बताउँछन् । अर्को अनुवाद: "झट‍्टै मलाई सहायता गर्न आउनुहोस्!" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईं मेरो सहायता र तपाईंले मलाई छुटाउनुहुन्छ

यहाँ "तपाईं मेरो छुटकारा हुनुहुन्छ"ले परमेश्वर कसरी तिनको सहायता हुनुहुन्छ भन्‍ने कुरा वर्णन गर्छ । अर्को अनुवाद: "तपाईंले मलाई छुटाएर मलाई सहायता गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

ढिलो नगर्नुहोस्

अर्को अनुवाद: "बिन्‍ती छ, तुरून्‍तै आउनुहोस्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद