ne_tn/psa/070/001.md

2.9 KiB

सामान्य जानकारी:

हिब्रु कवितामा समानान्तर सामान्य हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

खोज्‍नेहरू

"खोज्‍ने मानिसहरू"

मेरो ज्‍यान लिन खोज्‍नेहरू

यस वाक्पद्घतिको अर्थ "मलाई मार्न" भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

लज्‍जित र अपमानित होऊन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद : "परमेश्‍वरले तिनीहरूलाई लाजमा पार्नुभएको र तिनीहरूमाथि अपमान ल्‍याउनुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूलाई फर्काइयोस् र अनादर गरियोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमेश्‍वरले तिनीहरूलाई फर्काइदिनुभएको होस् र तिनीहरूले गरेको कामको निम्ति लज्‍जित पारिदिनुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

फर्काइयोस्

रोक्‍नु वा विफल पार्नुलाई तिनीहरूको आक्रमणबाट फर्कनुझैँ बताइएको छ । अर्को अनुवाद: "रोक्‍नु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जसले भन्छन्, "आहा, आहा !"

यो गिल्‍ला गरेर हाँस्‍नुको अभिव्‍यक्‍ति हो । तपाईंले "आहा, आहा" लाई तपाईंको भाषामा हाँस्‍दा प्रयोग हुने जुनैसुकै शब्दसँग बदल्‍न सक्‍नुहुन्‍छ । अर्को अनुवाद: "जसले मलाई गिल्‍ला गरेर हास्‍छन्"

शब्द अनुवाद