ne_tn/psa/069/013.md

5.3 KiB

कुनै समय तपाईंले स्वीकार गर्नुहुनेछ

"जुन समय तपाईं ग्रहण गर्नुहुन्‍छ" वा "जहिले तपाईं चाहनुहुन्‍छ"

तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस्

भाववाचक नाम "विश्‍वस्‍तता" र "उद्धार"लाई कार्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मलाई छुटाउनुहोस् किनकि तपाईंले प्रतिज्ञा गरैझैँ तपाईं मलाई प्रेम गर्नुहुन्छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मलाई ... निकाल्नुहोस् ... मलाई डुब्‍न नदिनुहोस्

यी दुई वाक्यांशको अर्थ एउटै हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मलाई दलदलबाट निकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस्

आफूलाई शत्रुहरूबाटको खतराबारे लेखक यसरी बताउँछन् कि मानौँ तिनी हिलोको खाल्‍टोमा डुबिरहेका थिए । अब उप्रान्‍त मलाई दलदले हिलोमा डुब्‍न नदिनुहोस्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मलाई टाढा लानुहोस्

यहाँ "टाढा लानुहोस्" भन्‍नाले खतराबाट हटाइनु भन्‍ने बुझाउँछ । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : "मलाई टाढा लगियोस्" वा "मलाई छुटाउनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-activepassive]])

बचाउनुहोस्

यहाँ "मलाई हुन दिनुहोस्" भन्‍ने कुरा संकेत गरिएको छ भनी बुझ्‍न सकिन्छ । अर्को अनुवाद: "बिन्ती छ मलाई बचाउनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-activepassive]])

गहिरो पानी ... बाढीको पानी ... सागर

यी वाक्यांशको अर्थ एउटै हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

गहिरो पानीबाट ... बचाउनुहोस्

आफूलाई शत्रुहरूबाटको खतराबारे लेखक यसरी बताउँछन् कि मानौँ तिनी गहिरो पानीमा डुबिरहेका थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बाढीको पानीले मलाई व्याकुल पार्न

आफूलाई शत्रुहरूबाटको खतराबारे लेखक यसरी बताउँछन् कि मानौँ बाढीको पानीले तिनलाई पूर्ण रूपमा छोपिरहेको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सागरले मलाई निल्‍न

सागरको बारे लेखक यसरी बताउँछन् कि मानौँ यो एउटा भयानक जीव थियो जसले तिनलाई खान लागेको थियो । अर्को अनुवाद: "गहिरो सागरले मलाई खतरनाक जीवझैँ निल्‍छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस्

यहाँ "खाडल"लाई यो एउटा व्‍यक्‍तिझैँ बताइएको छ जसको मुख छ र लेखकलाई खान सक्‍छ । अर्को अनुवाद: "खाडलले मलाई ननिलोस्" वा "मृत्‍युको खाडलले मलाई नपूरोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद