ne_tn/psa/068/030.md

3.2 KiB

नर्कटका जङ्गली पशुहरू

केही विद्धान्हरूले यी जङ्‍गली पशुहरू मिश्रका मानिसहरूलाई जनाउने एउटा रूपक हो भनी विश्‍वास गर्छन् । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "नर्कटका जङ्गली पशुहरूजस्‍ता मिश्रदेशका मानिसहरू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

साँढेहरू र बाछाहरूजस्‍ता मानिसहरूका भीड

अरू जातिका मानिसहरूलाई तिनीहरू गाई-वस्‍तुहरूका ठुलो समूह भएझैँ बताइएको छ । अर्को अनुवाद: "शक्तिशाली जातिहरू जो साँढेहरूका बथान जस्‍ता छन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तितरबितर

छर्नु वा कुनै कुरालाई फरक-फरक दिशामा झट्‍टै फैलिने तुल्याउनु

मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन्

यी राजकुमारहरू मिश्रबाट यरूशलेममा परमेश्‍वरलाई भेटीहरू चढाउन आउँछन् भन्‍ने यसले संकेत गर्छ । अर्को अनुवाद: "मिश्रदेशका अगुवाहरूले तपाईंलाई भेटीहरू ल्‍याउनेछन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कूश

यसले कूशका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "कूशीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ

परमेश्‍वरलाई आराधना गर्ने कुरालाई जनाउने यो एउटा संकेतिक कार्य हो । अर्को अनुवाद: "परमेश्‍वरलाई प्रशंसा गर्न आफ्नो हातहरू उठाउने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद