ne_tn/psa/068/014.md

3.0 KiB

त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो ... सल्मोन डाँडामाथि हिउँ परे

डाँडामा यति धेरै मरेका राजाहरू र सेनाहरू थिए जसलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू डाँडा ढाकेका हिउँ थिए । अर्को अनुवाद: "शत्रुहरूका यति धेरै राजाहरू र सेनाहरू पराजित गर्नुभयो कि तिनीहरू हिउँपत्रहरूझैँ थिए जुन सल्मोन डाँडालाई ढाके" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

राजाहरूलाई तितरबितर पार्नुभयो

यहाँ "राजाहरू"ले तिनीहरूका फौजलाई पनि जनाउँछ । अर्को अनुवाद: "शत्रुहरूका राजाहरू र तिनीहरूका फौजलाई तितरबितर पार्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सल्मोन डाँडा

यो एउटा डाँडाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शक्‍तिशाली पहाड ... एउटा अग्लो पहडा

यी दुई वाक्यांशको अर्थ एउटै हो र एक-अर्कालाई जोड दिन एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवाद: "बाशानको पहाडी मुलुकमा भएको एउटा शक्‍तिशाली र अग्लो पहडा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तँ किन डाहले हेर्छस् ... जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ?

यो प्रश्‍नलाई सामान्य वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमेश्‍वरले बस्‍न इच्छा गर्नुहुने ठाउँलाई बाशानको पहाडी मुलुकले डाहले हेर्नुहुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद