ne_tn/psa/047/003.md

4.9 KiB

उहाँले मानिसहरूलाई हाम्रो अधीनमा ल्याउनुहुन्छ र जाति-जातिहरूलाई हाम्रो पाउमुनि पार्नुहुन्छ

यी दुई वाक्यांशहरू समानांतर हुन् र परमेश्‍वरले इस्राएललाई आफ्नो शत्रुहरूमाथि विजयी हुन सक्षम बनाउनुभयो भन्‍ने अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

अधीन

विजय हासिल गरी अरूको अधिकारमुनि राख्‍नु

अधीनमा ल्याउनुहुन्छ ... हाम्रो पाउमुनि पार्नुहुन्छ

लेखकले अरू जाति-जातिहरूमाथि विजयी हुने बारे यसरी बताउँछन् कि मानौँ तिनीहरूले ती जाति-जातिहरूलाई आफ्ना पाउमुनि राक्दै थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले हाम्रो निम्ति उत्तराधिकार ... चुन्‍नुहुन्छ

लेखकले इस्राएलको भूमि बारे यसरी बताउँछन् कि मानौँ त्यो उत्तराधिकार थियो जसलाई परमेश्‍वरले स्थायी आधिकारको रूपमा मानिसहरूलाई दिनुभएको छ । अर्को अनुवादः " उहाँले हाम्रो निम्ति यो भूमि उत्तराधिकारको रूपमा ... चुन्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

याकूबको गौरव

यहाँ "गौरव" शब्दले गौरवको श्रोत र परमेश्‍वरले उत्तराधिकारको रूपमा आफ्ना मानिसहरूलाई दिनुभएको भूमिलाई जनाउँछ । अर्को अनुवादः "याकूबले गर्व गर्ने भूमि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जसलाई उहाँले प्रेम गर्नुभयो

"जसलाई" शब्दले याकूबलाई जनाउँछ र याकूबले इस्राएलका जाति-जातिहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमेश्‍वर प्रशंसाको ध्वनिसँगै माथि उल्लनुभएको छ

लेखकले जाति-जातिहरूमाथि परमेश्‍वरको विजय बारे यसरी बताउँछन् कि मानौँ परमेश्‍वर मन्दिरमा अवस्थित आफ्नो सिंहासनमा आरोहण गर्ने राजा हुनहुन्थ्यो । अर्को अनुवादः "परमेश्‍वर मानिसहरूको प्रशंसाको ध्वनिसँगै माथि मन्दिरमा उल्लनुभएको छ" (EN-UDB) वा "मानिसहरूले प्रशंसाको ध्वनि निकाल्दा परमेश्‍वरले आफ्नो सिंहासनमा आरोहण गर्नुभएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

परमप्रभु तुरहीको ध्वनिसँग

यो वाक्यांशले अघिल्लो वाक्यांशसँग समानान्तर छ। अर्को अनुवादः "मानिसहरूले तुरही फुक्दा परमप्रभु माथि उक्लनु भएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

शब्द अनुवाद