ne_tn/psa/033/007.md

2.8 KiB

सामान्य जानकारी:

प्रत्येक पदमा समान अर्थहरू भएका दुईवटा वाक्यांशहरू छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

एक थुप्रोझैँ

"एक बांधझैँ " लेखकले समुद्रको सृष्टि बारेमा यसरी वर्णन गर्छन् कि मानौँ परमेश्‍वरले सबै पानीहरूलाई एकसाथ थुप्रो लगाउनु हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

उहाँले महासागरहरूलाई गोदामघरमा राख्‍नुहुन्छ

लेखकले महासागरहरूको सृष्टि बारेमा यसरी वर्णन गर्छन् कि मानौँ परमेश्‍वरले ती गोदामघरमा राख्‍नुहुन्छ । अर्को अनुवाद: "मानिसहरूले अन्‍न गोदामघरमा राखेझैँ उहाँले ती महासागरलाई त्यसको ठाउँमा राख्‍नुहुन्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सारा पृथ्वीले ... मानोस्

यसले पृथ्वीमा भएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "पृथ्वीमा भएका सबैजनाले ... मानोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँको भयमा खडा होऊन्

यहाँ "भयमा खडा होऊन्" वाक्पद्घतिको अर्थ "भय मानून्" हो । अर्को अनुवादः "उहाँलाई आदर गरून्" (EN-UDB)(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

खडा भयो

यहाँ "खडा भयो" एउटा वाक्पद्घति हो जसको अर्थ "सृष्‍टि भयो" हो । अर्को अनुवादः "अस्तित्वमा आउन थाल्यो" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद