ne_tn/psa/030/004.md

2.6 KiB

उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ

अर्को अनुवादः "परमेश्‍वर पवित्र हुनहुन्छ भनेर याद गर र धन्यवाद देओ" वा "परमेश्‍वर पवित्र हुनुभएकोले उहाँले के गर्नुभयो सो याद गर र उहाँलाई धन्‍यवाद देओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्‍छ

"उहाँको रिस केही क्षणसम्‍म मात्र रहन्छ ।" अर्को अनुवादः "उहाँ केही समयसम्‍म मात्र रिसाउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

क्षणभर

यहाँ "क्षणभर" ले समयको छोटो अवधिलाई जनाउँछ । अर्को अनुवादः "छोटो समय" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तर उहाँको कृपा जीवनभरिको निम्ति हो

अर्कोअनुवादः "तर हाम्रो जीवनभरि नै उहाँ हामीप्रति असल हुनुहुन्छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ

यसले "रोदन" को बारेमा यसरी बताउँछ कि मानौं रोदन कुनै कुरा थियो जुन यात्रा गरेर कुनै निश्‍चित स्थानमा पुग्‍न सक्थ्यो । अर्को अनुवादः "रातको समयमा हामी रुन्छौँ होला, तर अर्को बिहान हामी रमाउनेछौँ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद