ne_tn/psa/029/006.md

3.0 KiB

जोड्ने वाक्य

लेखकले परमेश्‍वरको आवाजको शक्तिको निरन्तर वयान गर्छन् ।

उहाँले लेबनानलाई बाछोझैं ... उफ्रन लगाउनुहुन्छ

यहाँ लेबनानलाई एउटा सानो बाछोको रूपमा बताइएको छ । परमप्रभु बोल्‍नुहुँदा उहाँको आवाजको शक्तिले जमिन हल्लिन्छ भनेर यसले जोड दिन्छ । अर्को अनुवादः "उहाँले बाछो उफ्रेजस्तै लेबनानलाई हल्‍लने ... तुल्याउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

उफ्रन

हल्का रूपमा अगाडि पछाडि उफ्रनु

सिरिओनलाई जवान गोरुझैं

यहाँ सिरिओनलाई एउटा जवान गोरूको रूपमा बताइएको छ । परमप्रभु बोल्‍नुहुँदा उहाँको आवाजको शक्तिले जमिन हल्लिन्छ भनेर यसले जोड दिन्छ । नलेखिएका शब्दहरू लेख्‍दा सहज हुन सक्छ । अर्को अनुवादः "उहाँले जवान गोरूलाईजस्तै सिरिओनलाई उफार्नुहुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] and [[rc:///ta/man/translate/figs-simile]])

सिरिओन

यो लेबनानमा भएको एउटा पर्वत हो । यसलाई हेर्मोन पर्वत पनि भनिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ

यहाँ आएका सबै "सोर" ले परमप्रभु बोल्‍नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभु बोल्‍नुहुँदा उहाँले आकाशमा बिजुली चम्काउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आगोको ज्वालाहरू

यसले आकाशमा चम्कने बिजुलीलाई जनाउँछ ।

शब्द अनुवाद